Friday, December 6, 2024
धर्म/संस्कृतिहिन्दु सन्तहरूले हिन्दु धर्म रक्षाका लागि इटहरीमा बृहत् जनसभा

हिन्दु सन्तहरूले हिन्दु धर्म रक्षाका लागि इटहरीमा बृहत् जनसभा

इटहरी / इटहरीमा आज हिन्दु सन्तहरूले धर्म रक्षाका लागि भन्दै बृहत् जनसभा गरेका छन् ।

नेपालमा हिन्दु राष्ट्र कायम गर्नका लागि जनजागरण अभियान आजैबाट सुरु भएको उद्घोष समेत सन्तहरूले गरेका छन् ।
जनजागरण अभियान इटहरीका संयोजक दिनबन्धु शास्त्रीले आजको अभियानबाट हिन्दु राष्ट्र महाअभियान सुरु भएको उद्घोष गरेका छन् ।

आजको कार्यक्रममा पूर्वका विभिन्न जिल्लाबाट वैदिक हिन्दु सनातन धर्ममा आस्था राख्ने सर्वसाधारणले सहभागिता रहेको थियोे । नेपालका प्रथम जगत् गुरु बाल सन्त मोहन सरण देवाचार्यको सरकार समक्ष ११ सूत्रीय माग राखेका छन् ।

धरानको बाल गोपाल मन्दिर अगाडी बनेको चर्च तत्काल बन्द या स्थानान्तरण गरिनुपर्ने ,धर्म परिवर्तन गरेर जाने व्यक्तिको नेपाली पहिचानका नाम र थर परिवर्तन गरिनुपर्ने , धर्म परिवर्तन गर्न नपाउने कानुनलाई कडाइका साथ लागु गरिनुपर्ने , सामाजिक सेवाको नाममा धर्म परिवर्तनलाई प्रोत्साहन दिने खालका विदेशी संस्थाहरूको पहिचान गरी अनुमति रद्द गरिनु पर्ने माग गरेका छन् ।

उनले विदेशी संस्था वा व्यक्तिलाई तत्काल देश निकाला गरिनुपर्ने , जनताको हित विपरीत संविधानमा राखिएको धर्म निरपेक्ष शब्दलाई हटाएर नेपाललाई सनातन हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने , नेपाललाई धार्मिक ,सामाजिक , जातीय दव्न्दमुक्त शान्ति क्षेत्र घोषणा गरिनुपर्ने समेत माग गरेका छन् ।

इटहरीबाट सुरु भएको सन्तहरूको सभा लाई जगद्गुरु मोहन शरण देवाचार्यसहित योगी नरहरिनाथ पिठका शीर्षनाथ, गलेश्वर आश्रमका आत्मानन्द गिरी, मुक्तिनाथ पिठका कमल नयनाचार्य, गलेश्वर धामका देवराज स्वामी, विश्व हिन्दु विद्यापीठका चिन्तामणि योगी, हरिहर सन्न्यास आश्रमका ज्ञाननन्द सरस्वती, महेश सन्न्यास आश्रमका रमणानन्द गिरीलगायतले सम्बोधन गरेका छन् । आजको सभा पश्चात् दोसो सभा जनकपुर,बर्दिबास हुँदै धनगढी,नेपालगन्ज हुँदै काठमाडौँमा गएर टुङ्गिने सन्तहरूले जनाएका छन् ।IMG 20240106 184638

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img