Thursday, March 20, 2025
देशगण्डकी प्रदेशम्याग्दीमा ढुंगा प्रहार गरि दुई जनाको हत्या

म्याग्दीमा ढुंगा प्रहार गरि दुई जनाको हत्या

बाबियाचौर: म्याग्दीको मालिका गाउँपालिका–७, बिममा शनिबार अन्धाधुन्ध ढुंगा र दाउरा प्रहारबाट दुई जनाको मृत्यु भएको छ। मानसिक सन्तुलनमा समस्या भएका टेकप्रसाद रोकाले विहानै दाउरा र ढुंगाले हान्दा ८५ वर्षीया मनसाङ गर्बुजाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ वर्षीया नातिनी प्रियंका गर्बुजाको उपचारको क्रममा मणिपाल अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका जनाएको छ ।

गम्भीर घाईते बर्षिया अमृता जुग्जाली र प्रियंकालाई हेलिकप्टरबाट थप उपचारका लागि मणिपाल अस्पतालमा लगिएको थियो । अभियुक्तले विहान करिब ८ बजे घरमा पुगेर अन्धाधुन्ध ढुंगा प्रहार गरेको बताइएको छ ।

अभियुक्त टेकबहादुरको घरबाट मृतकको घर करिब डेढ किलोमिटर टाढा पर्छ । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीको टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बेनीमा ल्याएको छ ।

बृद्धा मनसाङलाई प्रहार भएको देखेर बचाउन गएको अवस्थामा अभियुक्तले अमृता र प्रियंकामाथि नै प्रहार गरेका थिए ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img