इटहरी: अनलाईन प्रणालीबाट घर नक्साको इजाजत पत्र दिन सुरु गरेपछि अहिले इटहरीमा घर बनाउने घरधनीहरुलाई सजिलो हुन थालेको छ ।
घर नक्सा बनाउन लिनुपर्ने इजाजत पत्र अनलाईन प्रणालीबाट नै हुन थालेको छ । नगरवासीहरुले फाइल बोकेर कोठा कोठा धाउनुपर्ने बाध्यता पनि अन्त्य भएको हो । काम पनि छिटो र सजिलो तरिकाले हुन थालेको छ ।
एक बर्ष अघि घर बनाउन इजाजत पत्र लिन आउने नगरबासीले नक्साको फाइलमा सहि गराउन कोठा कोठा धाउनुपथ्र्याे । प्रत्येक फाँटमा भिडभाड, लाईन बस्नुपर्ने, फाइल हराउने, फाइल तल माथि हुँदा लाईन बसेका व्यक्तिहरु वीच झगडा नै पथ्र्यो ।
दैनिकजसो नक्सा बनाउन आउने सेवाग्राही र कर्मचारीबिच भनाभन हुन्थ्यो । अलि बढि भिड भएको दिन त सेवाग्राहीले ढिलो भयो भन्दै नाराबाजी नै गर्थे ।
कार्यालयका कर्मचारीहरुलाई पनि सास्ती थियो । सेवाग्राहीको भीड र फाइलहरुको थुप्रोमा काम गर्नु उनीहरुको बाध्यता थियो । तर पछिल्लो ९ महिना यता न त नगरबासीले यस्तो सास्ती भोग्नु परेको छ, न कर्मचारीहरुले नै सइटहरीमा घर बनाउँदै हुनुहुन्छ ? अब घर नक्सा बनाउन फाइल बोकेर हिँड्नुपर्दैन
इटहरी: अनलाइन प्रणालीबाट घर नक्साको इजाजत पत्र दिन सुरु गरेपछि अहिले इटहरीमा घर बनाउने घरधनीहरूलाई सजिलो हुन थालेको छ । घर नक्सा बनाउन लिनुपर्ने इजाजत पत्र अनलाइन प्रणालीबाट नै हुन थालेको छ । नगरवासीहरुले फाइल बोकेर कोठा कोठा धाउनुपर्ने बाध्यता पनि अन्त्य भएको हो । काम पनि छिटो र सजिलो तरिकाले हुन थालेको छ ।
एक वर्ष अघि घर बनाउन इजाजत पत्र लिन आउने नगरबासीले नक्साको फाइलमा सही गराउन कोठा कोठा धाउनुपथ्र्याे । प्रत्येक फाँटमा भिडभाड, लाइन बस्नुपर्ने, फाइल हराउने, फाइल तल माथि हुँदा लाइन बसेका व्यक्तिहरू बिच झगडा नै पर्थ्यो । दैनिक जसो नक्सा बनाउन आउने सेवाग्राही र कर्मचारीबिच भनाभन हुन्थ्यो । अलि बढी भिड भएको दिन त सेवाग्राहीले ढिलो भयो भन्दै नाराबाजी नै गर्थे ।
कार्यालयका कर्मचारीहरूलाई पनि सास्ती थियो । सेवाग्राहीको भीड र फाइलहरूको थुप्रोमा काम गर्नु उनीहरूको बाध्यता थियो । तर पछिल्लो ९ महिना यता न त नगरबासीले यस्तो सास्ती भोग्नु परेको छ, न कर्मचारीहरूले नै सहज वातावरणमा काम गर्न पाएका छन् ।
इटहरी उपमहानगरपालिकाले गएको वैशाख महिनादेखि घर नक्सा बनाउन अनलाइन प्रणाली सुरु गरेको छ । त्यस यता नागरिकलाई इजाजत पत्र लिन सजिलो भएको छ ।
अनलाइन सिस्टमबाट काम सुरु भएपछि सेवा प्रवाहमा सुधार आएको इन्जिनियर कैलाश तिम्सिनाले बताए । अनलाइन प्रणाली राम्रोसँग सञ्चालन भइरहेको र यसले नगरवासीलाई धेरै सजिलो भएको इन्जिनियर तिम्सिनाको भनाई छ ।
कुनै कानुनी उल्झन, छिमेकी साँधसदिँधयारको असहयोग वा भनौँ चार किल्ला क्लियर भएको अवस्थामा सिस्टममा अपलोड भएको फाइलको काम १५ देखि २० दिन भित्रमा सम्पन्न हुने इन्जिनियर तिम्सिनाले जानकारी दिए । तर जग्गामा कुनै कानुनी उल्झन आयो भने त्यसलाई व्यवस्थापन, नाप जाँच गर्दा भने केही समय लाग्न सक्छ । पुराना फाइल नक्साको डिजिटल कपी बनाएर उपमहानगरमा राख्ने साथै एक कपि सम्बन्धित घरधनीलाई दिने योजना अनुसार काम भइरहेको उनले सुनाए ।
अनलाइन प्रणाली सुरु भएको वैशाख महिना देखि पुस महिना सम्म ४३१ जनाले भवन निर्माण सम्पन्नको प्रमाण पत्र लिइसकेका छन् । प्लिन्थ लेभल सम्मको इजाजत पत्र लिनेको सङ्ख्या २३७ छ भने प्लिन्थ लेभल भन्दा माथिको इजाजत पत्र लिने घर धनीको सङ्ख्या २४३ रहेको छ । यो अवधिमा ४०६ जना घरधनीको घरको अभिलेखीकरण प्रमाण पत्र पनि वितरण गरिएको घर नक्सा शाखाले जानकारी दिएको छ ।
इटहरी ८ मा घर बनाउन सुरु गर्न लागेका रविन लम्सालले अनलाइन सिस्टम सुरु भएपछि नक्सा बनाउन सजिलो भएको बताए । उनी अहिले पहिलो चरणको निर्माण इजाजत लिएर घर बनाउन सुरु गर्दै छन् । इजाजत लिन आफू फाइल बोकेर धाउनु नपरेको उनले सुनाए ।
घर नक्साको इजाजत अनलाइन वितरणमा सफल भएपछि इटहरी उपमहानगरले गएको साउन देखि निःशुल्क नक्सा पनि बनाइदिने सेवा सुरु गरेको छ । नगरवासीलाई निःशुल्क घर बनाइदिने पहिलो पालिका भएको उपमहानगरको दाबी पनि छ ।
साउन महिना देखि १ हजार स्वायर फिटभन्दा साना घरको निःशुल्क नक्सा डिजाइन गरिदिएर राहत दिएको उपमहानगरको भनाई छ ।
१ आर्किटेक इन्जिनियर, ४ सिभिल इन्जिनियर, २ सब इन्जिनियर, ४ असिस्टेन्ट सब इन्जिनियर र १ अमिनसहितको प्राविधिक टोलीले नगरवासीलाई घरको नक्सा निःशुल्क डिजाइन गरिदिन्छन् ।
१५ सय स्वायर फिट भन्दा माथिको भने नगरबासीले तोकिएको शुल्क तिर्नुपर्छ । अहिले दैनिक रूपमा ३ देखि ४ जना नक्सा बनाउन बुझ्न आउने गरेको घर नक्सा निर्माण शाखाका प्रमुख आर्टिकेट इन्जिनियर अरुण घिमिरले जानकारी दिए ।
साउन देखि पुस २६ गते सम्मको तथ्याङ्क अनुसार २१४ जनाले घर नक्साका लागि निवेदन दर्ता गराएका छन् । जसमा १८० घरधनीले नयाँ घर बनाउन निवेदन दिएका हुन । २३ घरधनीले अभिलेखीकरणका लागि निवेदन दिएका हुन भने अन्यले तला थपको लागि निवेदन दिएको निर्माण शाखाले जानकारी दिएको छ ।
सेवाग्राहीहरूको रुचि अनुसार घरको नक्सा डिजाइन गरी हाल सम्म ९५ जनाको सिस्टममा अपलोड भइसकेको घर नक्सा निर्माण शाखाका प्रमुख इन्जिनियर घिमिरेले जानकारी दिए । अनलाइनको सफ्टवेयरमा धेरै लामो प्रोसेस(प्रक्रिया) रहेको, त्यसमा केही प्राविधिक समस्याहरू देखिएको जसलाई सुधार गर्दै सफ्टवेयरलाई अपग्रेड गर्नुपर्ने उनी सुझाव दिन्छन् ।
यता, अनलाइन सिस्टम सुरु भएपछि नगरबासीले सहज र सरल रूपमा सेवा लिन पाएको उपमहानगरपालिका नगर प्रमुख हेमकर्ण पौडेल दाबी गर्छन् । ठुलो प्राविधिक चुनौतीलाई समाधान गर्दै घर नक्सालाई व्यवस्थित गर्न अनलाइन प्रणाली सफल भएको उनको भनाई छ ।
तर निःशुल्क घर नक्सा निर्माण शाखामा पर्याप्त कर्मचारी नहुँदा भने प्रभावकारी काम निकाल्न नसकिरहेको उनले बताए । तर अब अपुग दक्ष कर्मचारी थप गरेर घर नक्सा शाखालाई व्यवस्थित गर्ने नगर प्रमुख पौडेलले बताए ।
घर नक्सा शाखामा हुने भिडभाड व्यवस्थापन गर्न अनलाइन प्रणाली सफल भएको छ । नागरिकले सहज सेवा लिन पाएका छन् । नेपालभरका पालिकाहरू मध्ये पहिलो पटक निःशुल्क घर नक्सा डिजाइन गरिदिने उपमहानगरको योजनालाई सफल बनाउन भने दक्ष र पर्याप्त कर्मचारीको व्यवस्थापन गर्नुपर्ने देखिएको छ । हज वातावरणमा काम गर्न पाएका छन् ।
इटहरी उपमहानगरपालिकाले गएको बैशाख महिनादेखि घर नक्सा बनाउन अनलाईन प्रणाली सुरु गरेको छ । त्यस यता नागरिकलाई इजाजत पत्र लिन सजिलो भएको छ ।
अनलाईन सिस्टमबाट काम सुरु भएपछि सेवा प्रवाहमा सुधार आएको इन्जिनियर कैलाश तिम्सिनाले बताए । अनलाईन प्रणाली राम्रोसँग सञ्चालन भईरहेको र यसले नगरबासीलाई धेरै सजिलो भएको इन्जिनियर तिम्सिनाको भनाई छ ।
कुनै कानुनी उल्झन, छिमेकी साँधसदिँधयारको असहयोग वा भनौ चार किल्ला क्लियर भएको अवस्थामा सिस्टममा अपलोड भएको फाइलको काम १५ देखि २० दिन भित्रमा सम्पन्न हुने इन्जिनियर तिम्सिनाले जानकारी दिए । तर जग्गामा कुनै कानुनी उल्झन आयो भने त्यसलाई व्यवस्थापन, नापजाँच गर्दा भने केही समय लाग्न सक्छ ।
पुराना फाइल नक्साको डिजिटल कपी बनाएर उपमहानगरमा राख्ने साथै एक कपि सम्बन्धीत घरधनीलाई दिने योजना अनुसार काम भईरहेको उनले सुनाए ।
अनलाईन प्रणाली सुरु भएको बैशाख महिना देखि पुस महिना सम्म ४३१ जनाले भवन निर्माण सम्पन्नको प्रमाण पत्र लिईसकेका छन् । प्लिन्थ लेभल सम्मको इजाजत पत्र लिनेको संख्या २३७ छ भने प्लिन्थ लेभल भन्दा माथिको इजाजत पत्र लिने घर धनीको संख्या २४३ रहेको छ । यो अवधिमा ४०६ जना घरधनीको घरको अभिलेखिकरण प्रमाण पत्र पनि वितरण गरिएको घर नक्सा शाखाले जानकारी दिएको छ ।
इटहरी ८ मा घर बनाउन सुरु गर्न लागेका रविन लम्सालले अनलाईन सिस्टम सुरु भएपछि नक्सा बनाउन सजिलो भएको बताए । उनी अहिले पहिलो चरणको निर्माण इजाजत लिएर घर बनाउन सुरु गर्दैछन् । इजाजत लिन आफु फाइल बोकेर धाउनु नपरेको उनले सुनाए ।
घर नक्साको इजाजत अनलाईन वितरणमा सफल भएपछि इटहरी उपमहानगरले गएको साउन देखि निःशुल्क नक्सा पनि बनाईदिने सेवा सुरु गरेको छ । नगरबासीलाई निःशुल्क घर बनाईदिने पहिलो पालिका भएको उपमहानगरको दावी पनि छ ।
साउन महिना देखि १ हजार स्वायर फिटभन्दा साना घरको निःशुल्क नक्सा डिजाईन गरिदिएर राहत दिएको उपमहानगरको भनाई छ ।
१ आर्किटेक इन्जिनियर, ४ सिभिल इन्जिनियर, २ सब इन्जिनियर, ४ असिस्टेन्ट सब इन्जिनियर र १ अमिनसहितको प्राविधिक टोलीले नगरबासीलाई घरको नक्सा निःशुल्क डिजाइन गरिदिन्छन् ।
१५ सय स्वायर फिट भन्दामाथिको भने नगरबासीले तोकिएको शुल्क तिर्नुपर्छ । अहिले दैनिक रुपमा ३ देखि ४ जना नक्सा बनाउन बुझ्न आउने गरेको घरनक्सा निर्माण शाखाका प्रमुख आर्टिकेट इन्जिनियर अरुण घिमिरले जानकारी दिए ।
साउन देखि पुस २६ गते सम्मको तथ्यांक अनुसार २१४ जनाले घरनक्साका लागि निवेदन दर्ता गराएका छन् । जसमा १८० घरधनीले नयाँ घर बनाउन निवेदन दिएका हुन । २३ घरधनीले अभिलेखीकरणका लागि निवेदन दिएका हुन भने अन्यले तला थपको लागि निवेदन दिएको निर्माण शाखाले जानकारी दिएको छ ।
सेवाग्राहीहरुको रुचि अनुसार घरको नक्सा डिजाईन गरी हाल सम्म ९५ जनाको सिस्टममा अपलोड भईसकेको घरनक्सा निर्माण शाखाका प्रमुख इन्जिनियर घिमिरेले जानकारी दिए । अनलाईनको सफ्टवेयरमा धेरै लामो प्रोसेस(प्रकृया) रहेको, त्यसमा केही प्राविधिक समस्याहरु देखिएको जसलाई सुधार गर्दै सफ्टवेयरलाई अपग्रेट गर्नुपर्ने उनी सुझाव दिन्छन् ।
यता, अनलाईन सिस्टम सुरु भएपछि नगरबासीले सहज र सरल रुपमा सेवा लिन पाएको उपमहानगरपालिका नगर प्रमुख हेमकर्ण पौडेल दाबी गर्छन । ठुलो प्राविधिक चुनौतिलाई समाधान गर्दै घरनक्सालाई व्यवस्थित गर्न अनलाईन प्रणाली सफल भएको उनको भनाई छ ।
तर निःशुल्क घर नक्सा निर्माण शाखामा प्रर्याप्त कर्मचारी नहुँदा भने प्रभावकारी काम निकाल्न नसकिरहेको उनले बताए । तर अब अपुग दक्ष कर्मचारी थप गरेर घरनक्सा शाखालाई व्यवस्थित गर्ने नगर प्रमुख पौडेलले बताए ।
घरनक्सा शाखामा हुने भिडभाड व्यवस्थापन गर्न अनलाईन प्रणाली सफल भएको छ । नागरिकले सहज सेवा लिन पाएका छन् । नेपालभरका पालिकाहरु मध्ये पहिलो पटक निःशुल्क घर नक्सा डिजाईन गरिदिने उपमहानगरको योजनालाई सफल बनाउन भने दक्ष र पर्याप्त कर्मचारीको व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।