बर्दिया: बर्दियामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा मधुवन नगरपालिका-४ बसन्ता भुल्लनचोककी ७५ वर्षीया चिन्की थरुनी रहेकी छिन्।
आगोले जलेर उनको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै घरको बरण्डामा आगो ताप्ने क्रममा उनको शरीरमा आगो सल्केको थियो।
-Ads-
कपडाबाट आगो सल्किँदा उनको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।