हेटौँडा – शनिबार हेटौँडामा पाचौं हेटौंडा जर्नालिजम अवार्ड कार्यक्रम सम्पन्न भएको छ । १० वटा विधामा उत्कृष्ट पत्रकारहरुलाई पुरस्कृत र सम्मानित गर्दै पाचौं हेटौंडा जर्नालिजम अवार्ड सम्पन्न भएको हो ।
विभिन्न १० विधामा १० जना पत्रकारलाई पुरस्कृत गरिएको छ। उदीयमान पत्रकार अवार्ड , टेलिभिजन पत्रकार अवार्ड , अनलाइन पत्रकार अवार्ड, चलचित्र पत्रकार अवार्ड , ग्रामीण पत्रकार अवार्ड, खेलकुद पत्रकार अवार्ड, खोजी पत्रकार अवार्ड क्रमशः रविन्द्र वाईवा, मनिल महत्तो, अनिल पराजुली, राजेश थापा, सुनिता विष्ट, बिक्रम बानियाँ र नाबिन तिमल्सिनाले पाएका छन्।
यस्तै, उत्कृष्ट महिला पत्रकार २०८० को अवार्ड सरिता दाहाल र उत्कृष्ट पुरुष पत्रकार २०८० को अवार्ड गणेश दुलालले पाएका छन्। सर्वोत्कृष्ट राष्ट्रिय पत्रकार अवार्ड भने होम कार्कीलाई प्रदान गरिएको छ।
साथै कार्यक्रममा अग्रज पत्रकारहरू कृष्णराम परियार, सुवर्णलाल श्रेष्ठ र हरि हुमागाईंलाई पनि सम्मान गरिएको छ। संचार उद्यमीहरू माधव न्यौपाने, धुर्वराज ढकाल र उज्ज्वल चौलागाईलाई पनि सम्मानित गरिएको छ।
कार्याक्रम न्यू मिडिया एकेडेमी र पावर इन्टरनेसनल मिडियाको संयुक्त आयोजनामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता र उपप्रमुख राजेश बानियाँको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रतिविधामा ५ हजार, उत्कृष्ट पत्रकार पुरस्कारमा १० हजार र सर्वोत्कृष्ट पत्रकार पुरस्कारमा १५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
यो अवार्ड २०७५ देखि सुरु गरिएको हो।