Monday, April 21, 2025
बागमती प्रदेशमकवानपुरहेटौंडामा चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला सुरु

हेटौंडामा चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला सुरु

हेटौंडा- चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला फागुन ८ गतेसम्म हेटौंडामा चल्दैछ। भेलामा ११ वटा सत्रमा सिनेमा र पर्यटनसँग सम्बन्धित विषयमा छलफल हुनेछ।

संघका अध्यक्ष समीर बलामीका अनुसार संघ स्थापनाको २५ औँ वर्षगाँठको अवसरमा यो राष्ट्रिय भेलाको आयोजना गरिएको हो। भेलामा सिनेमा पर्यटनको विकासमा केन्द्रित रहेर विभिन्न कार्यक्रम गरिनेछ।

भेलामा १०० भन्दा बढी चलचित्र पत्रकार, निर्माता, निर्देशक र चलचित्रकर्मीको सहभागिता रहनेछ। स्थानीय पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न पनि यो भेलाको आयोजना गरिएको हो।

भेलाको उद्घाटनपछि चलचित्र ऐन मस्यौदामाथि छलफल हुनेछ। पत्रकार आचारसंहिता र अनलाइन प्रशासनसम्बन्धी विषयमा पनि सत्र हुनेछन्। विभिन्न मन्त्रालय र निकायका प्रतिनिधिको सहभागिता रहनेछ।

चलचित्र क्षेत्रका विख्यात कलाकार र पत्रकारको पनि उपस्थिति रहने भेलाको आयोजना चलचित्र पत्रकार संघ मकवानपुर शाखाले गरेको छ।

Advertisement

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img

सिफारिस