भोजपुर- चौथो प्रकाश थापा स्मृतिकप प्रदेश स्तरीय भलिवल प्रतियोगिताको उपाधि भोजपुरले जित्न सफल भएको छ । धनकुटाको सहिदभुमि गाउँपालिकामा शनिवार सकिएको प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका उपाधि हात पारेको हो ।
सहिदभूमिको वडा नम्बर एकमा जारी फाइनल खेलमा षडानन्द नगरपालिका भोजपुरले झापाको दमक नगरपालिकालाई पराजित गर्दै बिजेता बनेको छ । फाइनल अन्तर्गतको खेलमा षडानन्दले दमकलाई २५–२२, २५–१५ र २५–२२ को सेटमा हराउँदै बिजेत बन्न सफल भएको छ ।
विजेता षडानन्द नगरपालिकाले उपाधीसँगै नगद एक लाख २१ हजार एक सय २१ रुपैयाँ हात पारेको छ भने उपविजेता दमक नगरपालिकाले ६५ हजार पाएको छ । कोशी प्रदेशका नौ पालिकाको सहभागिता रहेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी षडानन्द नगरपालिकाका बालकुमार रायमाझी हुनु भएको छ भने उहाँले नगद १० हजार रुपैयाँ हात पारे ।
यस्तै उत्कृष्ट स्पाइकर षडानन्दकै कृष्ण रसाइली, उत्कृष्ट सरभर सभापोखरी गाउँपालिका संखुवासभाका प्रदीप कट्टेल र उत्कृष्ट सटर भोजपुरको षडानन्दका जयराम खत्री बनेका आयोजकले जनाएको छ ।
विजयी खेलाडीहरूलाई कोशी प्रदेश आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।
२०५७ सालमा तत्कालीन माओवादीसँगको कालिकोटमा भएको भिडन्तमा मृत्यु भएका प्रहरी नायब निरीक्षक प्रकाश थापाको सम्झनामा २०७६ सालबाट ट्रष्ट स्थापना गरी प्रतियोगिता हुँदै आएको छ ।