Wednesday, April 30, 2025
मकवानपुरमकवानपुरगढी गाउँपालिकाअटो दुर्घटनामा चालकको मृत्यु
spot_img

अटो दुर्घटनामा चालकको मृत्यु

हेटौंडा- मकवानपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी पालिका वडा नम्बर-४ निवासी ३५ वर्षीय देवीबहादुर घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । मृतक घिमिरे अटोचालक हुन् ।

बुधबार विहान करिब ६ बजे ज्वालादेवीस्थित भित्री सडकखण्डमा धादिङ बजारबाट ज्वालादेवीतर्फ आउँदै गरेको ना. २ ह ५२६८ नम्बरको अटो अनियन्त्रित भइ दुर्घटना भएको थियो । दुर्घटनापछि घाइते भएका उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो । उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको हो ।

थाहा नगर प्रहरीले थाहा नगरपालिकामा दर्ता नगरी सञ्चालन गरिरहेका अटो चेक सुरु गरेको छ । थाहा नगरपालिकाले अटो दर्ता गर्न पटकपटक सूचना प्रकाशन तथा प्रसारण गर्दा पनि अटेर गरेर सञ्चालन गर्ने अटोमाथि चेक सुरु गरिएको नगर प्रहरी प्रमुख किरण गिरीले जानकारी दिए । मंलबार करिब २५ वटा अटो नियन्त्रणमा लिइ चेक गरिएको नगर प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका अटो दर्ता गर्ने सर्तमा छाडिएको थियो ।

चेकका क्रममा कतिपय अटोको ब्लुबुकसमेत नवीकरण नगरी चलाइएकोले ब्लुबुक नवीकरण नभएका अटोदर्ता नहुने जानकारीसहित नवीकरणको निम्ति समय दिएर सचेत गराइएको नगर प्रहरीले जनाएको छ । हाल थाहा नगर क्षेत्रभित्र २ सय ५० अटो सञ्चालनमा रहेकोमा हालसम्म नगरपालिकामा ८१ वटामात्र अटोदर्ता छन् ।

बाराको पथलैयामा बुधबार विहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पूर्वपश्चिम लोकमार्गअन्तर्गत् जीतपुरसिमरा उपमहानगरपालिका-२१ स्थित आधाभारमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । घाइते तीन जनामध्ये एक जनाको अवस्था गम्भीर छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रामकुमार महतोले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको वागमती प्रदेश ०१-०२६ च १३३४ नम्बर बोलेरो र विपरीत दिशाबाट जाँदै गरेको ना. ६ ख ३३५२ नम्बर ट्रक ठोक्किएको जानकारी दिए । घाइतेहरुको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । हालसम्म मृत्यु भएका र घाइतेको पहिचान खुल्न सकेको छैन ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img