Friday, May 16, 2025
समाजइलाम र बझाङको उपचुनावका लागि कार्यतालिका सार्वजनिक
spot_img

इलाम र बझाङको उपचुनावका लागि कार्यतालिका सार्वजनिक

spot_img

काठमाडौं – निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने इलाम–२ र बझाङ–१ को प्रतिनिधि सभा उपचुनावका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ। आयोगले सोमबार विज्ञप्ति जारी गर्दै यस उपचुनावका लागि फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्ने र चैत २२ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका राखेको हो।

त्यसैगरी चैत २४ देखि २७ सम्म उम्मेदवारको मनोनयन दर्ता र अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम रहेको छ। चैत २८ देखि वैशाख १२ सम्म प्रचारप्रसारको अवधि रहनेछ भने वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ।

यसअघि गत मंसिर २८ गते इलाम-२ का सांसद महेन्द्रकुमार राई र बझाङ-१ का सांसद जयपुरी घर्तीको निधन भएपछि उक्त सिटमा उपचुनावको मिति तय भएको हो।
 

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img