Tuesday, March 18, 2025
समाजअहिलेको जनगणनामा बाहुनको सँख्या बढ्यो भने तथ्याङ्क विभागमा आगो लगाईदिन्छौ – आङकाजी...

अहिलेको जनगणनामा बाहुनको सँख्या बढ्यो भने तथ्याङ्क विभागमा आगो लगाईदिन्छौ – आङकाजी शेर्पा

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले राष्ट्रिय जनगणना २०७८ मा सक्रियताका साथ सहभागी हुन आफ्नो समूदायका नागरिकलाई अपिल गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा ‘राष्ट्रिय जनगणना २०७८ सम्बन्धी बृहत्त सचेतना अन्तरक्रिया’ कार्यक्रमको आयोजना गर्दै महासंघले यस्तो भनेको हो ।

उनले अहिले कोही कोही व्यक्तिहरु हिन्दुको प्रतिशत ९० बनाउँछु भनेर लागेको पनि सुनाए । उनले भने,‘खबरदार कागजमा जुनसुकै बनाउनुहोस, हाम्रो धर्ममा कति मान्छे छन् भन्ने कुरा हामीलाई पनि थाहा छ । यदि त्यसो भयो भने हामीले आफैले गणना गर्छौं ।’

नेपाली ख्रीष्टियन समुदाय र चर्चका लिडरहरुलाई उनले यो जनगणनाको बेलामा टोलटोलमा पहरेदार भएर बस्न पनि अपिल गरेका छन् । उनले भने,‘यदि खीष्टियन लेखिएको ठाउँमा अन्य लेखियो भने राष्ट्रिय ख्रीष्टियन महासंघमा खबर गर्नुहोस । त्यसको लागि के गर्नुपर्छ हामी गर्नेछौं ।’

नेपाली ख्रीष्टियन समूदायलाई बिभिन्न तत्वहरुले अपमानित गरिरहेको अवस्था पनि उनले सुनाए । उनले भने,‘राज्यबाट पाउनुपर्ने अधिकारबाट पनि बन्चित गरिएको छ । सरकारी कार्यलयमा हामी ख्रीष्टियन हौं भन्दा त्यहाँपनि अपहेलना गरिने गरिएको हामीले महसुस गरेका छौं । त्यसैले सरकारले सबै धर्मलाई समान ढंगले हेर्नुपर्छ । यो नै नेपाली ख्रीष्टियन समूदायको माग हो ।’

कार्यक्रममा बोल्दै जनसंख्या विज्ञ प्रा. डा. योगेन्द्र गुरुङले एक अध्ययन सुनाउँदै ख्रीष्टियनमा दलितहरु धेरै रहेको सुनाए । उनले भने,‘ख्रीष्टियनभित्र पनि जात व्यवस्था रहेको छ । बुद्धिजम, मुस्लिममा पनि ठुलो जात र सानो जात भन्ने धेरै नै छ । त्यसैले जबसम्म यो जात व्यावस्थाबाट हामी बाहिर निस्किन सक्दैनौं । यो जनगणनामा पनि त्यसको रिफ्लेक्सन् परेको छ जस्तो मलाई लाग्छ ।’

जनजाती महासघंका पूर्व महासचिव आङ्काजी शेर्पाले जबसम्म खुल्लामञ्चमा दशैंको फुलपातीमा हर्षबढाँई हुने, बाहुनले जनै फेर्दा तोप पड्काउने, हिन्दुको चाडबाडमा १५ दिन विदा दिने तर अरुको चाडबाडमा दिएको एक दिनको विदा पनि कटौति गरिन्छ तबसम्म हिन्दुको तथ्यांक घट्ने अनि मुस्लिम, ख्रिटियन र बुद्धिष्टको जनसंख्या बढ्छ भन्ने दिवा सपना त्याग्न आग्रह गरेका छन् ।

उनले भने,‘यसको कारण के हो भने ८० हजार गणकमा १५ हजार पनि गणक धर्मनिरपेक्ष पक्षधर छैनन् । बाँकी कमल थापा र ज्ञानेन्द्रको हन्डी खाने र भारतको योगी आदित्यनाथको हन्डी खाएर उनीहरुलाई प्रशिक्षण दिएर जसरी भएपनि हिन्दु लेख्नु भनेको छ ।’

अबको जनगणनाले ८६ प्रतिशत हिन्दुको जनसंख्या कायम राख्यो भने सबैले हातमा आगोको मुस्लो लिने र चारै दिशाबाट तथ्यांक विभाग जलाउनुको विकल्प आफूहरुसँग नभएको उनको चेतावनी छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

गाजर बेचेरै मासिक लाखौँ आम्दानी

spot_img