मौसमआईतवार र सोमवार कस्तो रहला मौसम? यस्तो छ पूर्वानुमान

आईतवार र सोमवार कस्तो रहला मौसम? यस्तो छ पूर्वानुमान

काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार र सोमबार देशका विभिन्न उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसैकारण देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ।

बुलेटिनका अनुसार आज आइतबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी भोलि आइतबार देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोमबार राति कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहने पूर्वानुमान छ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने भएकाले त्यस क्षेत्रको दैनिक जीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण एवं सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img