काठमाडौं । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ। ६० वर्षीय अन्सारीको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो।
जनता समाजवादी पार्टी (जसपा) बाट समानुपातिक निर्वाचन प्रणालीमार्फत् प्रतिनिधिसभा सदस्यमा निर्वाचित अन्सारी २०७९ चैत १९ गतेदेखि सांसद थिइन्। उनी जसपाको पोलिटब्यूरो सदस्य समेत हुनुहुन्थ्यो।
शहनाज रहमानको निधनपछि रिक्त रहेको स्थानमा अन्सारी प्रतिनिधि सभा सदस्य भएकी थिइन्। २०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरुवात गरेकी अन्सारी सद्भावना पार्टीमा आबद्ध भई २०४६ देखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज भएकी थिइन्।