Friday, December 6, 2024
पर्यटनकृषि, पर्यटन र संस्कृति प्रवर्द्धन गर्न ३ दिने महोत्सव हुने

कृषि, पर्यटन र संस्कृति प्रवर्द्धन गर्न ३ दिने महोत्सव हुने

भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा बैशाख १ देखि ३ गतेसम्म महोत्सव हुने भएको छ।  स्थानीय कृषि उत्पादन, पर्यटकीय क्षेत्र र कलासंस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य खेवा बजार तथा शहरीकरण व्यवस्थापन समितिले महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सवमा स्थानीय जातजातिको संस्कार, संस्कृति र जैविक खानाको प्रदर्शनी हुने जनाईएको छ । महोत्सवमा पदमार्गको वृत्तचित्र प्रदर्शनी, साँस्कृतिक झाँकी, मुन्दुम दौड, कविता वाचन प्रतियोगिता र विभिन्न कलाकारहरूको प्रस्तुति हुने समितिले जनाएको छ । स्टलहरूको प्रदर्शनी भने २५ गतेसम्म रहनेछ।

गाउँपालिकाको १० लाख र आयोजक संस्थाको रु तीन लाख गरी १३ लाखको लागतमा महोत्सव हुन लागेको हो । महोत्सव अवलोकनका लागि ५० हजार मान्छे ल्याउने समितिको लक्ष्य छ ।

टेम्केमैयुङ गाउँपालिकाले “कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधार टेम्केमैयुङ विकासको आधार” भन्ने मुल नारा लिएर कृषि र पर्यटनको विकासमा काम गरिरहेको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img