बागमती प्रदेशमकवानपुरमकवानपुरमा मानव कंकाल फेला

मकवानपुरमा मानव कंकाल फेला

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मानव कंकाल फेला परेको छ। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढीचौरस्थित आलखोला जंगलमा घाँस काट्न गएका स्थानीयवासीहरूले मृत मानिसको कंकाल भेट्टाएका हुन्।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार मृतकको परिचय खुल्न सकेको छैन। यद्यपि, कपडा र कपालको आधारमा कंकाल पुरुष व्यक्तिको रहेको अनुमान गरिएको छ। प्रहरीले घटनास्थलको मुचुल्का समेत तयार गरिसकेको छ।

बुढीचौर क्षेत्रका स्थानीयवासीहरूको भनाइअनुसार त्यहाँका कुनै व्यक्ति हराएको वा बेपत्ता परेको छैनन । घटनाको थप अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img