Tuesday, December 3, 2024
धर्म/संस्कृतिपाथीभरामा भक्तजनको चाप बढ्यो

पाथीभरामा भक्तजनको चाप बढ्यो

ताप्लेजुङ | प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा शनिबार एकै दिन ६ हजार ४ सय ३८ भक्तजनले दर्शन गरेका छन्। चैतेदसैंको छेकमा परेकाले पूजापाठका लागि भक्तजनको आगमन बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

शनिबार र मङ्गलबार पाथीभरामा भक्तजनको चाप बढी हुने गरेको छ। समितिले जनशक्ति खटाएर सहज प्रबन्ध मिलाएको छ। स्वदेशी तथा विदेशी दुवै तीर्थयात्रीहरू यहाँ आउने गरेका छन्।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ लाख ६८ हजार ४ सय ६८ भक्तजनले पाथीभरा दर्शन गरिसकेको समितिको तथ्याङ्कमा उल्लेख छ। समितिका अनुसार भदौमा ५ हजार, असोजमा १० हजार ३ सय ४३, कात्तिकमा ४९ हजार १ सय ६३, मङ्सिरमा २० हजार ४ सय १६, पुसमा ५ हजार ६ सय ५५, माघमा ६ हजार १ सय १ र फागुनमा १७ हजार ९ सय १२ भक्तजनले पाथीभरा दर्शन गरेका थिए।

पाथीभरा चैतेदसैंको छेकमा परेकाले अहिले भक्तजनको घुइँचो लागेको समितिले जनाएको छ। तीर्थस्थलमा आवश्यक व्यवस्थापन गरिएको र भक्तजनका लागि सहज वातावरण मिलाइएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img