राजनीतिबझाङ र इलाम दुवै क्षेत्रमा एमालेको विजय

बझाङ र इलाम दुवै क्षेत्रमा एमालेको विजय

काठमाडौं | बझाङ प्रदेश सभा १ र इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेले जित हासिल गरेको छ। बझाङमा एमालेका दमन भण्डारी र इलाममा सुहाङ नेम्वाङ विजयी भएका छन्।

बझाङमा भण्डारीले नेपाली कांग्रेसका अभिषेक सिंहलाई २६७ मतले पराजित गरेका छन्। भण्डारीले ११ हजार ६१३ मत प्राप्त गरे भने सिंहले ११ हजार ३४६ मत पाएका छन्। यहाँ नेकपा माओवादी केन्द्रका जनक बुढा तेस्रो र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह चौथो स्थानमा रहेका छन्।

अर्कोतिर, इलाममा एमालेका नेम्वाङले २७ हजार ७७२ मत पाएर नेपाली कांग्रेसका डम्बर खड्कालाई फराकिलो मतान्तरले हराएका छन्। खड्काले २१ हजार ९४२ मत मात्र प्राप्त गर्न सके। तेस्रो स्थानमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू चौथो स्थानमा परेका छन्।

इलामको उपनिर्वाचनपछि युवा नेता सुहाङ नेम्वाङले प्रतिनिधिसभामा प्रवेश गर्ने भएका छन्। जनताले संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई निर्वाचित गरेर पठाएका हुन्। यसअघिको निर्वाचनमा इलाममा कांग्रेसले एमालेसँग मात्र ११४ मतले पराजित भएको थियो तर यसपटक भने सम्मानजनक मत प्राप्त गर्न सकेन।

बझाङतर्फ निर्वाचित कांग्रेस सदस्य सवारी दुर्घटनामा परी निधन भएपछि रिक्त स्थानमा उनका छोरा नै उम्मेदवार बनेका थिए तर उनी पराजित भए। उता राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङमा उम्मेदवार नै उभ्याएको थिएन।

पहिचानवादी उम्मेदवारले इलाममा सम्मानजनक मतसंख्या प्राप्त गरेका छन्। कांग्रेसलाई भने दुवै क्षेत्रमा झड्का लागेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img