Tuesday, June 17, 2025
समाजभोजपुरको टेम्केमैयुङमा आँखा शिविरमा ३९ जनाको शल्यक्रिया, सात सय लाभान्वित

भोजपुरको टेम्केमैयुङमा आँखा शिविरमा ३९ जनाको शल्यक्रिया, सात सय लाभान्वित

spot_img

भोजपुर | भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिकामा संचालित आँखा शिविरमा सात सय जना बिरामीको उपचार भएको छ भने ३९ जनाको शल्यक्रिया गरिएको छ।

गाउँपालिकाको केन्द्र अन्नपूर्णमा दुई दिनसम्म संचालन भएको शिविरमा आँखा परीक्षण, उपचार र मोतिबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरुको शल्यक्रिया सेवा प्रदान गरिएको नेपाल नेत्र ज्योती संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख बिजय तामाङले जानकारी दिए।

-Ads-

नेपाल नेत्र ज्योती संघ बिराटनगर आँखा अस्पताल र टेम्केमैयुङ गाउँपालिकाको आयोजना तथा सहयोगमा आयोजना भएको शिविरमा बिराटनगर आँखा अस्पतालका डाक्टर प्रिति अग्रवालसहितको टिमले सेवा प्रदान गरेको थियो।

आगामी दिनमा पनि दुर्गम जिल्लाका नागरिकको सेवामा लागि रहने डा. अग्रवालले बताए। गाउँपालिकाका ९ वटै वडा र जिल्लाका अन्य नागरिकले पनि शिविरको लाभ लिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो। स्वास्थ्य शिविरलाई निरन्तरता दिइने गाउँपालिकाको योजना छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img