Tuesday, October 15, 2024
समाजशनिवार सुरु हुँदै राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’, विद्यार्थीलाई अफरै अफर

शनिवार सुरु हुँदै राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’, विद्यार्थीलाई अफरै अफर

spot_img

काठमाडौं- शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले आयोजना गरेको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’ भोलि शनिवार बाट सुरु हुँदैछ। २९ वैशाखमा काठमाडौँस्थित प्रधान कार्यालयबाट सुरु हुने यो शैक्षिक मेला जेठ ८ गते ललितपुर शाखामा समापन हुनेछ।

३१ वैशाखमा धनकुटामा, ३ जेठमा हेटौँडामा, ४ जेठमा चितवनमा, ५ जेठमा बुटवलमा र ६ जेठमा दाङमा गरी देशका प्रमुख ७ सहरहरूमा कन्क्लेभ सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ। विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई विश्वका प्रसिद्ध विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिबाट सत्य तथ्य जानकारी गराउने उद्देश्य राखिएको छ।

त्यसो त गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारा बोकेको राइटपाथले आफ्ना हरेक गतिविधिहरूमा विद्यार्थीको अधिकतम हितलाई केन्द्रमा राख्दै आएको छ। यो पटकको शैक्षिक मेलामा पनि संस्थाले सहभागी हुने विद्यार्थीहरूलाई अफरै अफरको बहार दिएको छ।

सहभागी हुने प्रत्येक विद्यार्थीका लागि आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था संस्थाले गरेको छ। त्यस्तै विदेश अध्ययन आवेदन शुल्कमा शत प्रतिशत सम्मको अफर विद्यार्थीले पाउनेछन् भने फ्रि मुभी टिकेटको समेत व्यवस्था गरिएको छ। यसका साथै सहभागी विद्यार्थीहरूले अमेरिका लक्षित २५ हजारसम्मको छात्रवृत्ति अफरदेखि ६ हजार लाग्ने आइएल्टिएस जम्मा २०८१ रुपैयाँमै गर्न पाउने सुविधा प्राप्त गर्नेछन्।

अझै विशेष त अस्ट्रेलिया, बेलायत, क्यानडा र अमेरिकाका २० भन्दा बढी विश्वविद्यालयहरूलाई एउटै छानामुनि भेट्ने सुवर्ण अवसर विद्यार्थीहरूले प्राप्त गर्नेछन्।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img