इटहरी | इटहरी उपमहानगरपालिका– ७ निवासी एक युवाको विभत्स ढंगले हत्या भएको छ । शनिबार साँझ २९ बर्षीय भीम भनेर चिनिने रामकुमार पण्डितको बिभत्स ढंगले खुकरी प्रहार गरि हत्या भएको हो ।
शनिबार साझ कामबाट घर फर्किदै गरेका उनलाई छिमेकी उमेश चौधरीले खुकुरी प्रहार गरि हत्या गरेका हुन । खुकुरी प्रहारबाट भिमको घाँटी पुर्ण रुपमा काटिएर छिनेको छ । हत्याको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीका अनुसार मनमुटाबका कारण हत्या भएको देखिन्छ । हत्यामा संलग्न लाई नियन्त्रणमा लिएको उनले बताए ।खुकरी प्रहार गर्नेले यसअघि पनि भीमलाई गत बैशाख १७ गते रड प्रहार गरेर घाइते बनाएका थिए ।
इटहरीमा सिटी सफारी चालकका रुपमा जीविका चलाउँदै आएका उमेशले शनिबार पनि घर आउने क्रममा साइकलमा रहेका भीमलाई सफारी रोकेर लखेटी लेखेटी आक्रमण गरेको स्थानीयको भनाइ छ । मृतक भिमका ६ बर्षका छोेरा र नौं महिने काखे छोरी रहेकी छिन ।
इटहरीमा ज्यालादारीमा मिस्त्री काम गर्दै आएका भीम यहि बुधबार बैदेशिक रोजगारीका लागि दुबई जान लागेका थिए । भिसा समेत आइसकेको कारण सोमबार श्रीमती उर्मिलालाई लिएर काठमाडौ जान लागेका थिए ।
‘बिदेश गएर सुखका साथ परिवार पाल्ने दाजुको धोको थियो । आज यसरी हत्या भयो,’ बुहारी नबिनाले भनिन् । घटनाबारे प्रहरीले गम्भीर अनुसन्धान सुरु गरेको छ ।