Friday, December 6, 2024
समाजमोटरसाइकल दुर्घटना हुँदा सब-इन्जिनियरको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा सब-इन्जिनियरको मृत्यु

मोरङ | सडक दुर्घटनामा मोरङको ग्रामथान गाउँपालिकाका सब इन्जिनियरको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार दुर्घटनामा गाउँपालिकाका ओभरसियर ३५ वर्षीय मोहम्मद मुक्तार खानको मृत्यु भएको हो ।

सप्तरी घर भएका खान विराटनगर महानगरपालिका–१ मा डेरा बस्दै आएका थिए । को १ ब १३८४ नम्बरको सरकारी मोटरसाइकल विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत ग्रामथान–५ तेतरिया चोकमा रात दुर्घटनामा परेको डीएसपी बस्नेतले बताए ।

तेतरिया ग्रामथान गाउँपालिकाको केन्द्र हो । सडकको साइडमा रोकेर राखेको ना ५ ख ७०७९ नम्बरको टिपरको पछाडिको भागमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । हरैचाबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना उपचारका लागि विराटनगरको आर्या न्युरो अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको हो ।

शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा लगिएको छ । दुर्घटनालगत्तै टिपर र चालक झापाको बिर्तामोड नगरपालिका–२ का ४३ वर्षीय तीर्थराज ठाकुरलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकल चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img