Sunday, September 8, 2024
समाजबालेनले सार्वजनिक गरे ओली ट्रस्टसहित १०१ कम्पनीको नाम
spot_img

बालेनले सार्वजनिक गरे ओली ट्रस्टसहित १०१ कम्पनीको नाम

काठमाडौं | काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गिरिबन्धुले जसरी जग्गा सट्टापट्टा गर्न निवेदन दिने १०१ कम्पनीको नाम सार्वजनिक गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरू १०० भन्दा बढी कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमिन बेच्न पाउने निवेदन हालेको बताएका छन् ।

यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेलो फड्को हुने सम्भावना रहेको आङ्कलन गरिएको उनको दाबी छ । ‘सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ । तर, बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन् । उनीहरूको स्वर घटेको छैन’, उनले भनेका छन् ।

कानुन नै परिवर्तन गर्न कुरेर बस्ने काम भएको भन्दै उनले त्यस्तो भयो भने यसले राज्यको खर्बौँ रकम अपचलनको ढोका खोलिदिने बताएका छन् । बालेनले गिरीबन्धु जग्गा प्रकरणमा तेरोमेरो भन्दै बार्गेनिङ गर्नुभन्दा तत्काल आवश्यक पहलकदमी लिन पनि सुझाव दिएका छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img