Monday, February 17, 2025
समाजचितवनमा सवारी दुर्घटना, एकको मृत्यु र २३ जना घाइते

चितवनमा सवारी दुर्घटना, एकको मृत्यु र २३ जना घाइते

चितवन । चितवन भरतपुर महानगरपालिका-२९ को नारायणगढ-मुग्लिङ सडक खण्डमा गएराती चारवटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।

राति १२:३५ बजेतिर भएको सो दुर्घटनामा काठमाडौंबाट प्युठानतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिवासतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकापसमा ठक्कर खाएका थिए।

दुर्घटनामा १६/१७ वर्षका एक युवकको घटनास्थलनजिकै रहेको भरतपुर अस्पतालमा उपचारको क्रममा राति २ बजे मृत्यु भएको छ। घाइतेहरूमध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य १५ जना घाइतेको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टार र चारजनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ। दुर्घटनाको कारण र अन्य विवरण अहिले खुल्न सकेको छैन।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

spot_img