Wednesday, January 15, 2025
समाजसाथी पोखरीमा लड्न खोज्दा बचाइन्, आफैँ डुबेर मृत भेटिइन्

साथी पोखरीमा लड्न खोज्दा बचाइन्, आफैँ डुबेर मृत भेटिइन्

इलाम | इलामको चुलाचुली गाउँपालिका ४ स्थितमा ऐना पोखरीमा डुबेर स्थानीय १८ वर्षीया विनिता जोगीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जोगीसहित १८ वर्षीया रोजिना साम्बा लिम्बू र उनकै बहिनी १७ की रोशा साम्बा लिम्बू ऐना पोखरीको डिलमा बसेका थिए ।

सो क्रममा पोखरीको पानी खेलाउँदै गरेको अवस्थामा रोजिना पोखरीको डिलबाट चिप्लेर पोखरीमा खस्न लाग्दा उनलाई हातमा समातेर निकाल्ने क्रममा विनिता अचानक हुत्तिएर पोखरीमा डुबेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरी चौकी पेल्टीमारीले खोजी गर्ने क्रममा बालिकालाई मृत अवस्थामा फेला पारेको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img