Friday, December 6, 2024
समाजइटहरीमा बचतकर्ताको रकम अपचलन गरी दुई सहकारी संस्थाका सञ्चालक फरार

इटहरीमा बचतकर्ताको रकम अपचलन गरी दुई सहकारी संस्थाका सञ्चालक फरार

सुनसरी | इटहरीमा सञ्चालन हुदै आएको दुईवटा सहकारी संस्थाका सञ्चालक बचतकर्ताको रकम अपचलन गरि फरार भएका छन् ।

कलश र हलेसी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक बचतकर्ताको रकम अपचलन गरी फरार भएका हुन् । कलश बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले १५ लाखभन्दा बढी रकम अपचलन गरेर फरार भएका हुन् ।

बचतकर्ताले इटहरी उपमहानगरपालिकामा उजुरी दिएको आधारमा १० लाख र अन्य निवेदकमध्ये रकम नखुलाई दिएको आधारमा १५ लाखभन्दा बढी नै अपचलन भएको सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले जानकारी दिए ।

उनका अनुसार कलश सहकारीका अध्यक्ष मीनबहादुर तामाङबाहेक अरु कोही पत्ता लागेको छैन।

त्यसैगरी, इटहरी वडा नं. ६ मा रहेको हलेसी बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको ६४ लाख रुपैयाँ तिर्न बाँकी रहेको अडिटमा उल्लेख गरिएको छ। अडिटमा ९ लाख रुपैयाँ ऋण लगानी भएको उल्लेख छ।

हलेसी बचतविरुद्ध १ सय ५० भन्दा बढीले इटहरी उपमहानगरपालिकामा उजुरी दिएका छन्। हलेसीका अध्यक्ष मनीता श्रेष्ठ रहेकी छन् । अहिले हलेसीको कार्यालय नै बन्द गरेर सम्पूर्ण समितिका सदस्य फरार भएको प्रहरीको भनाइ छ ।

कलश र हलेसी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकलाई कारबाही गर्न इटहरी उपमहानगरपालिकाले प्रहरीलाई पत्राचार गरिसकेको छ । दुवै सहकारीका सञ्चालकको खोजी कार्य भइरहेको डीएसपी टेकबहादुर कार्कीले बताए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img