Tuesday, December 3, 2024
समाजकिरात समुदायको साकेला पर्व: पूर्वको सांस्कृतिक पहिचान

किरात समुदायको साकेला पर्व: पूर्वको सांस्कृतिक पहिचान

संखुवासभा | किरात समुदायको प्रमुख चाड उभौली र उधौली पर्व, साथै साकेला नाच नेपालको पूर्वी क्षेत्रको पहिचानको रूपमा स्थापित हुँदै आएको छ। यो पर्व किरात राई समुदायको धार्मिक र सांस्कृतिक महत्वको प्रतीक हो।

उभौली वैशाख पूर्णिमामा र उधौली मंसिर पूर्णिमामा मनाइन्छ। साकेला पर्वमा पितृप्रति श्रद्धाञ्जली अर्पण गरिन्छ र समाजप्रति उनीहरूको योगदानको सम्मान गरिन्छ। यस अवसरमा ढोल र झ्याम्टा बजाएर सृष्टिका गीत गाउँदै नाचिन्छ। प्रकृतिलाई भोग दिने परम्परा अनुसार कोदोको जाँड, नयाँ अदुवा, धान र रातो भाले चढाइन्छ।

धनकुमारी जिमी यख्खाका अनुसार किरातीहरू भूमि पूजा गर्छन्। भक्त बहादुर राईले किरातीहरू प्रकृतिवादी भएको र बाली लगाउने र भित्र्याउने समयमा साकेला नाच नाच्ने गरेको बताए।

किरात राई खिम बान्तवा केन्द्रीय कार्य समितिका अध्यक्ष ज्ञान किराती ताम्दुङ्खले साकेला नाच नाछुङ्खहरूले निकालेको नाच भएको जानकारी दिए।

पूर्वी पहाडी जिल्लाहरू जस्तै धनकुटा, भोजपुर, संखुवासभा, खोटाङ, उदयपुर लगायतका क्षेत्रहरूमा यो नाच विशेष रूपमा प्रचलित छ। लगभग १५ दिनसम्म साकेला नाच नाचेर यो पर्व मनाइन्छ।

आधुनिकीकरण र पश्चिमी संस्कृतिको प्रभाव बढे पनि यो नाच अझै लोकप्रिय छ। वृद्ध, युवा, बालबालिका र अन्य समुदायका मानिसहरू पनि यसमा सहभागी हुन्छन्। किरात राई यायोक्खा, जातीय संस्थाहरू र सरकारले यसको संरक्षण र संवर्धनका लागि प्रयास गरिरहेका छन्।

साकेला नाच र पर्व अब पूर्वी नेपालको सांस्कृतिक पहिचानको रूपमा स्थापित भएको छ र किरात राई बस्तीहरूमा उत्साहपूर्वक मनाइँदै आएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img