Friday, January 17, 2025
समाजषडानन्द नगरपालिकाद्वारा ८० करोड बराबरको वजेट पारित

षडानन्द नगरपालिकाद्वारा ८० करोड बराबरको वजेट पारित

भोजपुर | भोजपुरको षडानन्द नगरपालिकाका आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिकाले दशौं नगरसभा मार्फत वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

नगरपालिकाले ८० करोड २५ लाख ६६ हजार बराबरको बजेट पारित गरेको छ । सभाले दिङ्ला सतिघाट कालोपत्रे र नगरपालिकाको प्रशासनिक भवनको लागि ठुलो बजेट बनाएको छ ।

नगरसभाले सशर्त अनुदान र विषयगत बजेट गरी ८० करोड २५ लाख ३६ हजार बराबरको बजेट पारित गरेको छ । सभाले चालुतर्फ ९ करोड २२ लाख १७ हजार १९ रुपैयाँ र पुँजीगत तर्फ ४७ करोड ९३ लाख र सामाजिक सुरक्षातर्फ रु ११ करोड बजेट विनियोजन गरेको हो । नगर प्रमुख सुरेन्द्रकुमार उदासले नगरको वार्षिक निति तथा कार्यक्रम र उप–प्रमुख प्रमिला राईले वार्षिक बजेट प्रस्तुत गरेकी हुन् ।

सिमित श्रोत र साधनका बीच पनि नगरको आवश्यकता अनुसारको बजेट निर्माण गरिएको नगर प्रमुख उदासले बताए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img