Saturday, November 2, 2024
समाजनिरन्तर वर्षाका कारण हेटौँडा-काठमाडौं जोड्ने यी सडक अवरुद्ध

निरन्तर वर्षाका कारण हेटौँडा-काठमाडौं जोड्ने यी सडक अवरुद्ध

spot_img

हेटौँडा। निरन्तर वर्षाका कारण हेटौंडा र काठमाडौं जोड्ने प्रमुख सडकहरुमा पहिरो गई यातायात अवरुद्ध भएको छ। हेटौंडा–भीमफेदी–कुलेखानी सडक र कान्तिलोकपथमा पहिरोले गर्दा यातायात सेवा गम्भीर रूपमा प्रभावित भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, असार २२ गते बिहानदेखि नै जिल्लाका विभिन्न भागमा पहिरो खसेर यातायात अवरुद्ध भएको हो। इन्द्रसरोवर गाउँपालिका-२ छेपारे स्थित दक्षिणकाली सडक खण्डमा र इन्द्रसरोवर गाउँपालिका-५ महालक्ष्मी खोला नजिक मातातीर्थ, चखेल र देउराली जाने सडक खण्डमा पहिरोले बाटो पूर्णरूपमा अवरुद्ध भएको छ।

भीमफेदी गाउँपालिका-४ रातोमाटे स्थित भैंसे-भीमफेदी-काठमाण्डौ सडक खण्डमा पनि पहिरोले बाटो पूर्णरूपमा अवरुद्ध भएको छ। यसैगरी, कान्तिलोकपथ सडक खण्डमा भीमफेदी गाउँपालिका-८ महादेवटार, प्रतापडाँडा, बकैया गाउँपालिका-१२ आले र बकैया गाउँपालिका-११ सिमात घुम्तीमा पहिरो गई बाटो पूर्णरूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, अविरल वर्षाका कारण तत्काल सबै बाटो खुलाउन कठिन छ । बाटो खुलाउनका लागि सडक विभागसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

यी सडकहरू हेटौंडा र काठमाडौं बीच आवतजावत गर्ने मुख्य मार्गहरू हुन्। पहिरोका कारण यात्रुहरूलाई समस्या परेको छ। सुरक्षा निकायले सम्भव भएसम्म यात्रा नगर्न र अत्यावश्यक यात्रा गर्नुपरेमा अत्यन्त सावधानी अपनाउन अनुरोध गरेको छ।

अपडेट: बिहान १२:३५ (हेटौँडा-काठमाडौं जोड्ने सडकखण्डको अपडेट यहि पेज मार्फत हेर्न/पढ्न सक्नुहुनेछ ।)

  • छेपारे क्षेत्रमा बाटो अबरोध हटाईएको मकवानपुर प्रहरीले जानएको छ।
  • इन्द्रसरोबर गाउँपालिका -५ महालक्ष्मी खोला नजिक मातातिर्थ,चखेल र देउराली जाने सडक खण्डमा पहिरो पन्छाई बाटो पुर्ण रुपमा सुचारू भएको छ । 
  • दक्षिणकाली सडक खण्ड इन्द्रसरोबर गाउँपालिका -२ छेपारे स्थित बर्षाको कारण आएको पहिरो पन्छाई बाटो पुर्णरुपमा सुचारू भएको छ । 
  • भिमफेदी गाउँपालिका -४ रातोमाटे स्थित भैंसे भिमफेदी काठमाण्डौ सडक खण्डको बाटो एक तर्फी सुचारु भएको मकवानपुर प्रहरीले जानएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img