काठमाडौं | रातिदेखि निरन्तर परिरहेको वर्षाका कारण नेपालभरको जनजीवन अत्यन्तै प्रभावित भएको छ । देशका विभिन्न भागहरूमा बाढी, पहिरो र डुबानका कारण सडक सञ्जाल अवरुद्ध भएको छ, जसले गर्दा सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको छ।
बिहानै देखी पहिरोका कारण देशभरका १४१ राष्ट्रिय राजमार्गहरू अवरुद्ध भएका थिए। सडक विभागको अपडेट अनुसार, दिउँसो १ बजेसम्मको तथ्यांकमा अझै पनि १९ राष्ट्रिय राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध छन्। यसैबीच, ७१ राजमार्गहरूमा एकतर्फी यातायात सुचारु गरिएको छ भने ५१ राजमार्गहरू पूर्ण रूपमा सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ।
अवरुद्ध प्रमुख राजमार्गहरूमा :
- संखुवासभा जिल्लाको रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङ्गटार-खाँदवारी-नुम-किमाथाङ्का (कोशी राजमार्ग)
- लमजुङ जिल्लाको डुम्रे-बेशीसहर-चामे
- गुल्मी र स्याङ्जा जिल्लाको तानसेन-रिडी-कोरला
- म्याग्दी जिल्लाको तानसेन-रिडी-कोरला
- प्युठान जिल्लाको भालुवाङ-लिवाङ-रोल्पा-माडीचौर-दारबोट
- पाल्पा जिल्लाको वर्तुङ-तानसेन-रिडी-वामीटक्सार-खर्वाङ
- सिन्धुपाल्चोक जिल्लाको काठमाण्डौं-धुलीखेल-दोलालघाट-खाडीचौर-कोदारी (अरनिको राजमार्ग)
- उदयपुर जिल्लाको माडर-चौराहवा, गोलबजार-सिरहा-साँघुरे-उदयपुर, मिर्चैया-कटारी-घुर्मी, हिलेपानी-ओखलढुंगा-सल्लेरी
- कालिकोट जिल्लाको सुर्खेत-तल्लो डुङ्गेश्वर-सातखम्बा-दुल्लु-पिपलकोट-खुलालु-मान्मा-नाग्मा-जुम्ला सडक
- काभ्रेपलाञ्चोक जिल्लाको वर्दिवास-सिन्धुली-खुर्कोट-धुलिखेल (वि.पी. राजमार्ग)
- अछाम जिल्लाको साँफेबगर-मार्तडी-कोल्टी
- स्याङ्जा जिल्लाको बेलहिया-भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा (सिद्धार्थ राजमार्ग)
- ललितपुर जिल्लाको हेटौंडा-वागमती-टिकाभैरव-भैसेपाटी-एकान्तकुना (कान्ती राजपथ)
नागरिकहरूलाई सतर्क रहन, अनावश्यक यात्रा नगर्न र आपतकालीन सूचनाहरूको लागि स्थानीय प्रशासन र सञ्चार माध्यमहरूसँग सम्पर्कमा रहन अनुरोध गरिएको छ। मौसम सुधार नभएसम्म थप पहिरो र बाढीको जोखिम रहेको भन्दै सबैलाई सावधानी अपनाउन सम्बन्धित निकायहरूले आग्रह गरेका छन्।
निरन्तर अपडेटका लागि निशुल्क इन्फो नेपालको सदस्य बन्नुहोस् ।