Monday, April 21, 2025
समाजबाढी पहिरो चल्दा देशभर २६ सडक ठप्प !
spot_img

बाढी पहिरो चल्दा देशभर २६ सडक ठप्प !

काठमाडौं | शुक्रबार राति देखि परेको निरन्तर वर्षाले गर्दा आएको बाढी र पहिरोका कारण देशभरका २६ वटा सडक खण्डहरू पूर्णरूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार बाढी पहिरोका कारण कुल ३६ वटा सडक खण्डमा सवारी साधनको आवागमन रोकिएको छ।

ललितपुरमा, गोदावरी नगरपालिका-१२ ठेचोस्थित नख्खु खोलामा आएको बाढीले एउटा टिपर बगाएको छ। शनिबार बिहान बाढीले रा१ख २६२४ नम्बरको टिपरलाई बगाएको थियो। टीकाभैरवतर्फ जाँदै गरेको उक्त टिपरका चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ। बाढीले केही तल पुर्याएको टिपरलाई निकाल्ने प्रयास भइरहेको छ।

काठमाडौं उपत्यकासँग जोडिएको कान्ति लोकपथ र चित्लाङ-मकवानपुर सडक पूर्णरूपमा अवरुद्ध छन्। त्यसैगरी, कोशीको दक्षिण कोशी मार्ग र कोशी मार्गमा पनि यातायात सेवा ठप्प भएको छ। देशका विभिन्न भागमा यातायात सेवा प्रभावित भएको छ र सम्बन्धित निकायहरू समस्या समाधानको लागि प्रयासरत छन्।

ठप्प हुने सडकमा:

  • रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङ्गटार-खाँदवारी-नुम-किमाथाङ्का (कोशी राजमार्ग)
  • डुम्रे-बेशीसहर-चामे
  • डुम्रे-बेशीसहर-चामे
  • डुम्रे-बेशीसहर-चामे
  • तानसेन-रिडी-कोरला
  • तानसेन-रिडी-कोरला
  • तानसेन-रिडी-कोरला
  • तानसेन-रिडी-कोरला
  • भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट
  • काठमाण्डौं-धुलीखेल-दोलालघाट-खाडीचौर-कोदारी (अरनिको राजमार्ग)
  • बेलहिया-भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा (सिद्धार्थ राजमार्ग)
  • जमुनाहा-नेपालगंज-कोहलपुर-सुर्खेत-खुलालु-हिल्सा (कर्णाली राजमार्ग)
  • सुर्खेत तल्लो डुङ्गेश्वर-सातखम्बा-दुल्लु-पिपलकोट-खुलालु-मान्मा-नाग्मा-जुम्ला सडक
  • सुर्खेत तल्लो डुङ्गेश्वर-सातखम्बा-दुल्लु-पिपलकोट-खुलालु-मान्मा-नाग्मा-जुम्ला सडक
  • हेटौडा-वागमती-टिकाभैरव-भैसेपाटी-एकान्तकुना ( कान्ती राजपथ)
  • भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट
  • माडर -चौराहवा, गोलबजार सिरहा साँघुरे उदयपुर, मिर्चैया-कटारी-घुर्मी, हिलेपानी- ओखलढुगां-सल्लेरी
  • पुष्पलाल (मध्य पहाडी ) राजमार्ग
  • बेलहिया-भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा (सिद्धार्थ राजमार्ग)
  • पुष्पलाल (मध्य पहाडी ) राजमार्ग
  • तानसेन-रिडी-कोरला
  • बाहुनडाँगी-शान्तिनगर-धरान-चतरा-गाईघाट-कटारी-सिन्धुलीमाडी-हेटौडा-गैंडाकोट-रामपुर-राम्दी-रिडि-बलकोट-सन्धिखर्क-बिजुवार-सितलपाटी-सुर्खेत- बड्डीचौर-सहजपुर-वुडर-जोगबुढा-रुपाल ( मदन भण्डारी राजमार्ग)
  • पुष्पलाल (मध्य पहाडी ) राजमार्ग
  • भेडेटार रबि राँके सडक
  • पुष्पलाल (मध्य पहाडी ) राजमार्ग
  • बेलहिया-भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा (सिद्धार्थ राजमार्ग)
spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img