देशकोशी प्रदेशसप्तकोशी नदीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजका सबै ढोका खोलिए

सप्तकोशी नदीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजका सबै ढोका खोलिए

सुनसरी | सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ५६ वटैढोका खोलिएका छन् । कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ४२ हजार ६५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

नदीमा पानीको बहाव अत्याधिक बहाव बढेपछि जोखिम हुन् नदिन बिहान ८ बजे देखि सबै ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए। सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन पनि अनुरोध गरिएको उनले बताए।

पहाडी क्षेत्रमा अत्याधिक वर्षा भएकाले सप्तकोशी नदीमा पानीको बहाव उच्च हुदै गएको समेत उनले बताए । उनका अनुसार कोसीमा पानीको जल सतह उच्च भए पनि अहिलेसम्म कुनै क्षति नभएको बताए। पानीको बहाव अहिले पनि निरन्तर बढिरहेकोले जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी सूचना केन्द्रले पनि सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सतर्क रहन सूचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img