देशकर्णाली प्रदेशहतियार देखाउँदै सिँगै गाउँ लुट्ने समूहका तीन पक्राउ, हतियार बरामद

हतियार देखाउँदै सिँगै गाउँ लुट्ने समूहका तीन पक्राउ, हतियार बरामद

मुगु | पश्चिम नेपालको हिमाली जिल्ला मुगुमा लामो समयदेखि आतंक मच्चाउँदै आएको एक लुटपाट गिरोहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मुगुले आज पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो । पक्राउ परेकाहरूमागणेश भण्डारी, पूर्णप्रसाद भण्डारी र कमल थापा रहेका छन्। यी तीनै जना जुम्लाको गुठीचौर गाउँपालिकाका बासिन्दा हुन्।

प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार, “यो गिरोहले गत जेठ १४ गते कार्मारोङ गाउँपालिकाको डोल्फु गाउँमा ठूलो लुटपाट गरेको थियो। गाउँलेहरू यार्सागुम्बा सङ्कलन गर्न गएको मौका छोपेर उनीहरूले २४ घर र एक गुम्बामा चोरी गरेका थिए।”

लुटिएका सामानहरूमा ३५ तोला सुन, ९ सय ९४ तोलाभन्दा बढी चाँदी, बुद्ध र रिणिमोक्क्ष माइको मूर्तिहरू, यार्सागुम्बा, मोबाइल फोनहरू र ५० लाख २५ हजार रुपैयाँ नगद समावेश छन्।

प्रहरीले पक्राउ परेकाहरूबाट कटुवा पेस्तोल, एसएलआर राइफल, गोलीगठ्ठा, ओकेटोके, बाइनाकुलर र नेपाली सेनाको पोशाकहरू बरामद गरेको छ। साथै, लुटिएका केही सुनका गहनाहरू पनि फेला परेका छन्।

प्रहरीले अझै फरार रहेका पाँच अभियुक्तहरूको खोजी जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img