Wednesday, January 15, 2025
समाजबाढी–पहिरोको वितण्डाः दुई दिनमा १५ जनाको मृत्यु, दुई जना बेपत्ता

बाढी–पहिरोको वितण्डाः दुई दिनमा १५ जनाको मृत्यु, दुई जना बेपत्ता

काठमाडौं | अविरल वर्षाका कारण नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्म बाढी, पहिरो र डुबानले जनजीवन अत्यन्त प्रभावित भएको छ। मध्यपहाडी क्षेत्रमा पहिरोले ठूलो जनधनको क्षति गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता ज्ञानबहादुर कार्कीका अनुसार, शनिबार र आइतबार गरी दुई दिनमा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ। यसमध्ये पहिरोले नौ जना र बाढीले छ जनाको ज्यान लिएको छ। थप दुई जना अझै बेपत्ता छन् भने १८ जना घाइते भएका छन्।

राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाए अनुसार, यो मनसुन अवधिमा प्राकृतिक प्रकोपबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ। यसमा बाढी-पहिरोबाट ४३ जना र चट्याङबाट १९ जनाको मृत्यु भएको छ। अन्य सर्पदंश, जनावर आक्रमण र आगलागीका घटनाहरू पनि समावेश छन्।

यस अवधिमा १३५ जना घाइते भएका छन् र पाँच जना बेपत्ता छन्। आर्थिक क्षतिको हकमा, अनुमानित २३ करोड रुपैयाँभन्दा बढीको क्षति भइसकेको छ। साथै, एक हजार ४४८ घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img