Saturday, June 14, 2025
समाजमकवानपुरमा बाढीले बगाउँदा १० वर्षीया बालिकाको मृत्यु

मकवानपुरमा बाढीले बगाउँदा १० वर्षीया बालिकाको मृत्यु

spot_img

हेटौँडा | मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १८ मा बाढीले बगाउँदा १० वर्षीया बालिकाको मृत्यु भएको छ।

मृतक बालिकाको पहिचान स्थानीय निवासी धन बहादुर बलकी छोरी रसमती बल (१०) को रूपमा खुलेको छ। बालिका खेततर्फ जाँदै गर्दा बरौलीखोला हेर्ने क्रममा अचानक चिप्लिएर खोलामा खसेकी थिइन्। त्यसपछि खोलामा आएको बाढीले उनलाई बगाएको बताइएको छ।

-Ads-

घटनाको जानकारी प्राप्त भएपछि तत्काल खोजी कार्य सुरु गरिएको र खोजी टोलीले घटनास्थलबाट करिब ५ सय मिटर तल पानीमा बालिकाको शव फेला पारेको मकवानपुर प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img
spot_img