Saturday, January 18, 2025
समाजनारायणी नदीले सतर्कता तह नाघ्यो

नारायणी नदीले सतर्कता तह नाघ्यो

चितवन | पहाडी क्षेत्रमा भएको भारी वर्षाका कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आएको र यसले नारायणगढ र देवघाटमा सतर्कता तह नाघेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको देवघाट जलमापन केन्द्रका अनुसार नारायणी नदीको जलसतह ८.७ मिटर पुगेको छ। यस क्षेत्रमा ७.३ मिटर माथिको जलसतहलाई सतर्कता तह र ९ मिटर माथिको जलसतहलाई खतराको तह मानिन्छ। हालको अवस्थामा नदीको जलसतह सतर्कता तह नाघेर खतराको तहको नजिक पुगेको देखिन्छ।

त्यसैगरी, नारायणगढस्थित नारायणी पुलमा बाढीको जलसतह ११.६७ मिटर पुगेको छ। यहाँ ११ मिटर जलसतहलाई सतर्कता तह मानिने हुँदा यो स्थान पनि खतराको सीमामा पुगेको छ।

विभागका अनुसार दुवै स्थानमा बाढीको जलसतह हाल स्थिर रहेको छ। तर, यस्तो अवस्थामा नदी किनारका बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन र स्थानीय प्रशासनका निर्देशनहरू पालना गर्न आग्रह गरिएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img