देशबागमती प्रदेशबसको झ्यालबाट हामफालेर तीन यात्रुले बचाए ज्यान, ६० बढी बेपत्ता

बसको झ्यालबाट हामफालेर तीन यात्रुले बचाए ज्यान, ६० बढी बेपत्ता

चितवन । चितवनको सिमलतालमा आज बिहान भएको भीषण पहिरो दुर्घटनामा काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स बसका तीन यात्रुले आफ्नो ज्यान जोगाउन सफल भएका छन्। यी तीन जना मध्ये दुई जना रौतहटको देवाही गोनाहीका र एक जना वृन्दावन नगरपालिकाको सिसवा धमौराका रहेका छन्।

सिसवाधमौराका एक यात्रुले दिएको बयान अनुसार, बस खस्न थालेपछि उनले क्याबिनतिरको झ्यालबाट हामफालेर आफ्नो ज्यान जोगाएका थिए। अन्य दुई जनाले पनि यसैगरी आफूलाई बचाएका छन्। तर, उनीसँगै क्याबिनमा रहेका अन्य चार जना यात्रु र उनको व्यक्तिगत सामानहरू बेपत्ता भएको उनले बताए।

यो दुर्घटना आज बिहान करिब साढे तीन बजेतिर भएको थियो। वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सिमतालमा पहिरोमा परेका थिए।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ। तर, यात्रुहरुको एकिन विवरण अझै प्राप्त हुन सकेको छैन।

प्रहरीले पहिरोमा परेर बससहित यात्रुहरु त्रिशूली नदीमा बेपत्ता भएको जनाएको छ। उद्धार कार्य जारी रहेको र थप जानकारी आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img