Tuesday, June 24, 2025
समाजनारायणगढ–मुग्लिन सडकमा पहिरो: दुई बस त्रिशूली नदीमा खसे, ६५ यात्रु बेपत्ता

नारायणगढ–मुग्लिन सडकमा पहिरो: दुई बस त्रिशूली नदीमा खसे, ६५ यात्रु बेपत्ता

spot_img

चितवन | नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा बिहान करिब साढे तीन बजेतिर लेदोसहितको पहिरोमा परेका दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेको आशंका प्रहरीले गरेको छ। दुर्घटनामा परेका बसहरूमा चालकसहित करिब ६५ यात्रु रहेको अनुमान गरिएको छ।

घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका थिए।

यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ। तर, यात्रुहरुको एकिन विवरण भने अझै थाहा हुन सकेको छैन। दुवै बस र यात्रुहरुको अवस्था हाल अज्ञात छ।

प्रमुख जिल्ला अधिकारी यादवले घटनास्थलमा उद्धार टोली पुगिसकेको र पहिरो पन्छाउँदै खोजी कार्य जारी रहेको जानकारी दिए। जिल्ला प्रहरी कार्यालय चितवनले खोज तथा उद्धारमा ७५ जनाको टोली परिचालन गरेको छ। साथै, त्रिशूली नदीमा बस खोज्न गोताखोर पनि खटाइएको जनाइएको छ।

स्थानीय प्रशासन र सुरक्षा निकायहरू तीव्र गतिमा उद्धार कार्यमा जुटेका छन्। यात्रुहरूको अवस्था र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img
spot_img