Friday, January 17, 2025
समाजदेशभर वर्षाको सम्भावना: मौसम विभागद्वारा सतर्कता अपनाउन आग्रह

देशभर वर्षाको सम्भावना: मौसम विभागद्वारा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज र आउँदो रातभर देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको जनाएको छ। मनसुन न्यून चापीय रेखाको प्रभावले गर्दा देशभर साधारणतया बदली रहेको छ।

हाल बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने अनुमान छ।

आजको कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रेहको छ ।

त्यस्तै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।

रातिको भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ भने कोशी, मधेस र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना।

मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकोले गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img