Saturday, May 17, 2025
देशगण्डकी प्रदेशम्याग्दीमा पहिरो: दम्पतीको मृत्यु, नदीहरूमा जलस्तर बढ्दो
spot_img

म्याग्दीमा पहिरो: दम्पतीको मृत्यु, नदीहरूमा जलस्तर बढ्दो

spot_img

म्याग्दी । अविरल वर्षाका कारण म्याग्दी जिल्लामा पहिरो गई एक दम्पतीको ज्यान गएको छ। धौलागिरि गाउँपालिका वडा नं. ७ ताकममा पहिरोले घर पुरिँदा तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए।

स्थानीय जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले तत्काल उद्धार कार्य गरेका थिए।

यसैबीच, लगातारको वर्षाका कारण म्याग्दी, राहुघाट र कालीगण्डकी नदीहरूमा पानीको सतह उल्लेख्य रूपमा बढेको छ। जल तथा मौसम विज्ञान विभागले म्याग्दी नदीको जलस्तरले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेको जानकारी दिएको छ।

विभागले नदी किनारका बासिन्दाहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। स्थानीय प्रशासनले पनि बाढी र पहिरोको जोखिम भएका क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img

spot_img