पोखरा । अविरल वर्षाका कारण गएको पहिरोले कास्की जिल्लामा ठूलो क्षति पुर्याएको छ। पोखरा महानगरपालिका वडा नं. १९ पुरनचौरमा गएको पहिरोमा परी एकै परिवारका ७ जनाको मृत्यु भएको छ।
कास्की प्रहरीका अनुसार मृत्यु हुनेहरूमा ४७ वर्षीय कुलबहादुर परियार, उनकी ४३ वर्षीया श्रीमती मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, १५ वर्षीया छोरी प्रश्ना, २० वर्षीया छोरी प्रभा, २५ वर्षीय ज्वाइँ अस्मित परियार र तल्लाकोट निवासी राधिका परियार रहेका छन्।
यो दुर्घटनाले स्थानीय समुदायलाई गहिरो शोकमा डुबाएको छ। स्थानीय प्रशासन र सुरक्षा निकायहरू घटनास्थलमा पुगी उद्धार र राहत कार्यमा जुटेका छन्।