Wednesday, January 15, 2025
समाजकोशी प्रदेशमा ३ सय ७१ डेंगु संक्रमित, बागमती प्रदेशमा सर्वाधिक

कोशी प्रदेशमा ३ सय ७१ डेंगु संक्रमित, बागमती प्रदेशमा सर्वाधिक

काठमाडौं | वर्षायामको सुरुवातसँगै देशभर डेंगु संक्रमणको दर बढ्दै गएको छ। प्रदेशगत रूपमा सबैभन्दा बढी डेंगु संक्रमण बागमती प्रदेशमा देखिएको छ। बागमतीपछि कोशी प्रदेशमा धेरै सङ्क्रमित छन्  ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार, देशभर पछिल्लो चार दिनमा ६१ जना नयाँ डेंगु संक्रमित थपिएका छन्। हालसम्म देशका ७७ मध्ये ७३ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । जनवरीयता कुल १५ सय ४४ जनामा डेंगु संक्रमण देखिएको छ ।

प्रदेशगत डेंगु संक्रमितको संख्यामा बागमती प्रदेशमा सबैभन्दा बढी ५ सय ३८ जना छन्। कर्णाली प्रदेशमा सबैभन्दा कम २१ जना डेंगु संक्रमित भेटिएका छन्। मधेस प्रदेशमा ३९ जना, गण्डकी प्रदेशमा २ सय ३० जना, सुदूरपश्चिम प्रदेशमा १ सय ६४ जना र लुम्बिनी प्रदेशमा १ सय ८१ जना डेंगु संक्रमित देखिएको ईडीसीडीले जनाएको छ।

सरकारले डेंगु संक्रमणबाट बच्न जनस्वास्थ्यका उपायहरू अपनाउन अनुरोध गरेको छ र संक्रमितहरूको उपचारमा विशेष ध्यान दिइरहेको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img