विराटनगर| बुधबार काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना मृत्यु भएका १८ मध्ये तीनजना विराटनगरका रहेको खुलेको छ ।
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये विराटनगरका तीनजना रहेको खुलेको हो । विमानमा सवार विराटनगरका सुशान्त कटुवाल, अश्विन निरौला र सागर आचार्यको निधन भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ ।
कटुवाल विमानको को–पाइलट, निरौला इन्जिनियर र आचार्य सेफ्टी चिफ हुन् । विमानमा एक विदेशीसहित १९ जना सवार थिए । जसमध्ये पाइलट ३७ वर्षीय मनिष शाक्यबाहेक १८ जनाको निधन भएको छ ।
बुधबार बिहान ११ बजे काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमान लगत्तै दुर्घटनामा पर्दा सो संख्यामा निधन भएको हो ।