सुनसरी | सुनसरीको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की दैनिक रूपमा टोल-टोलमा पुगेर स्थानीयहरूसँग स्थानीय समस्याको विषयमा छलफल र निकासका लागि सक्रिय भएर लाग्ने गरेका छन्।
सोही अनुसार नगरपालिकाको प्रशासनिक केन्द्रसँग भौगोलिक रूपमा टाढा तथा धरान उप-महानगरपालिकासँग सिमाना जोडिएको बराहक्षेत्र नगरपालिका वडा नं. १ स्थित बगुवा टोलमा पुगेर नगर प्रमुख कार्कीले स्थानीय अगुवा व्यक्तित्वहरूसँग स्थानीय आवश्यकता तथा सरोकारका विषयमा छलफल गरे।
बगुवा टोलमा रहेका भित्री सडकहरूको स्तरोन्नति, खोला कटान नियन्त्रण, मन्दिर घेराबेरा तथा सौन्दर्यीकरण, खेलमैदान, सामुदायिक भवन निर्माण लगायतका विषयमा नगर प्रमुख र स्थानीय अगुवा व्यक्तिहरूबीच छलफलका साथै स्थलगत अवलोकन भएको नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ।
नगर प्रमुख कार्कीले भने, “हाम्रो लक्ष्य स्थानीय समस्याहरूलाई नजिकबाट बुझ्नु र तिनको समाधानका लागि प्रभावकारी कदम चाल्नु हो। स्थानीयहरूसँगको प्रत्यक्ष संवादले हामीलाई यो कार्यमा मद्दत गर्नेछ।”
यस पहलले स्थानीय समुदायमा सकारात्मक प्रतिक्रिया जगाएको छ। स्थानीय बासिन्दा राम श्रेष्ठले भने, “नगर प्रमुखको यस प्रयासले हाम्रा समस्याहरू समाधान हुने आशा जगाएको छ।”