इटहरी | अविरल वर्षका काराण ईर्खुवा खोलामा आएको वाढिले ईर्खुवा हाईड्रो पावरको २ जना कामदार वाढीले बगाएको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर -४ गोथे बजार स्थित रहेको इखुवा खोलामा राती साढे एक वजे आएको बाढिले सुतीरहेको अवस्थामा २ जना कामदार वगाएको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सेपेक्टर दिपक श्रेष्ठका अनुसार हाइड्रो निर्माणमा खटिएका कामदार बर्दियाको बारा बर्दिया गाउँपालिका ३ का २६ वर्षीय श्याम कुमार थारु र सोही ठाउँका ३० वर्षीय रमेश थारु रहेका छन् । यस्तै २६ वर्षीय राम किसन थारुको भने उद्धार गरिएको छ ।
उनको शरीरमा चोटपटक लागेको प्रहरीले जनाएको छ । अहिले स्वास्थ्य चौकी कुलुमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ । वाढीले के कती क्षती भयो भनेर एकीन तथ्याङ्क भने आएको छैन ।
प्रहरी चौकी चौकीडाँडाबाट करिब तीन किलोमिटर पश्चिममा घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमान्डमा चारजनाको टोली र सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमान्डमा सातजनाको टोली खोजीको लागि खटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।