बागमती प्रदेशमकवानपुरविषालु च्याउ सम्बन्धि पत्रकारहरुसँग अन्तरक्रिया

विषालु च्याउ सम्बन्धि पत्रकारहरुसँग अन्तरक्रिया

हेटौँडा । पछिल्लो समयमा मकवानपुरमा विषालु च्याउको जोखिम देखिएको छ। बिहिबार जनस्वास्थ्य कार्यालय मकवानपुरले पत्रकारहरुसँग गरेको अन्तरक्रियामा गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका विज्ञ डा. शिव देवकोटाले विषालु च्याउ सम्बन्धि वास्तविक डाटा सरकारसँग नरहेको बताएका छन् ।

उनले तिनै तहका सरकारले स्थानीय स्तरमा कस्ता किसिमका च्याउहरु पाइन्छन् र तिनको प्रयोग उपयोगी छ छैन भन्ने डाटा राख्नु जरुरी रहेको बताए । यसो गरेमा मात्र विषालु च्याउ चिन्ने तरिका, विषालु च्याउबाट हुने बेफाइदा लगायतको बारेमा सचेतना फैलाउन उपयुक्त हुने उनको भनाइ थियो ।

नेपालमा हालसम्म १ हजार २ सय ९२ प्रजातिका च्याउ रहेको र ति मध्ये एक सय प्रजातिका च्याउ विषालु रहेको विज्ञ डा. देवकोटाले बताए । ति मध्ये पनि करीब १५ ओटा च्याउ अत्यन्तै विषालु रहेको उनले जानकारी दिए ।

च्याउ विज्ञ सहितको टोलीले मकवानपुरका राक्सिराङ, कैलाश लगायतका पालिकामा गएर स्थानीयलाई विषालु च्याउको बारेमा सचेतना प्रदान गरेको थियो। मकवानपुर जिल्ला सहित चितवन, पाल्पा, गुल्मी, अर्घाखाँची, सल्यान दाङ र इलाममा अत्याधिक विषालु च्याउ पाइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img