Thursday, June 12, 2025
समाजकरेन्ट लागेर अस्ताए मोरङका सन्तोष

करेन्ट लागेर अस्ताए मोरङका सन्तोष

spot_img

मोरङ | आज होस्टलको उद्घाटनको तयारीमा रहेका मोरङको बूढीगंगा गाउँपालिका ३ घर भएका ४२ वर्षीय सन्तोष कार्कीको करेन्ट लागेर मंगलबार (आज) मृत्यु भएको हो ।

कार्कीले विराटनगर ३ खार्जी चोकमा विराट श्री होस्टल सञ्चालनको तयारी गरेका थिए । उक्त होस्टलको उद्घाटन बुधबार थियो ।

-Ads-

उद्घाटनकै तयारीमा रहेका उनलाई होस्टलको ३ तलामाथि ‘वेल्डिङ’का लागि फलामको ‘पाइप’ तान्ने क्रममा करेन्ट लागेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ‘पाइप’ले विद्युतको ‘हाइटेन्सन’ लाइनको तार छुँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।

उपचारका लागि विराट शिक्षण अस्पताल लगिएका कार्कीको मंगलबार दिउँसो १ः३५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img