Saturday, September 7, 2024
समाजइटहरीमा बहुला कुकुरको आतंक: ८ पशुको मृत्यु, दर्जनौं घाइते
spot_img

इटहरीमा बहुला कुकुरको आतंक: ८ पशुको मृत्यु, दर्जनौं घाइते

इटहरी | इटहरीमा बहुला कुकुरको आतंक बढ्दो छ, जसले गर्दा स्थानीयवासीमा त्रास फैलिएको छ। साउन महिनायता, रेबिजबाट आठ वटा पशुको मृत्यु भएको छ भने चार दर्जनभन्दा बढी पशु र तीन जना मानिस घाइते भएका छन्।

पहिलोपटक साउन ७ गते देखिएको यो आतंकले इटहरीका विभिन्न वडाहरूमा असर पुर्‍याएको छ। इटहरी उपमहानगरपालिकाका पशु चिकित्सक दुर्गाबहादुर श्रेष्ठका अनुसार, वडा नं. १, २, ५, र २० मा कुकुरको टोकाइबाट ४२ भन्दा बढी पशु तथा मानिस घाइते भएका छन्। तीमध्ये वडा नं. १ मा ३ वटा, २ मा ४ वटा, र ५ मा एउटा पशु मरेका छन्। टोकेको थाहा भएका वा शंका भएका पशुहरुलाई रेबिजविरुद्धको भ्याक्सिन लगाइएको छ।

साउन ८ गते वडा नं. २ मा ६ वर्षिया बालिका एक जनालाई कुकरले गम्भीर रूपमा मुखमा टोकेको थियो, जसको उपचार कोशी अञ्चल अस्पतालमा भइरहेको छ। बहुला कुकुरमध्ये एकको पहिचान भइसकेको छ र उक्त कुकुर मरेको छ भने अर्को कुकुरको खोजी कार्य जारी छ। सम्भावित रूपमा संक्रमित भुस्याहा कुकुरहरूलाई समातेर भ्याक्सिन दिने काम भइरहेको छ, जसमा इटहरीको बुल्स ११ क्लबले पनि सहयोग गरिरहेको छ।

इटहरी उपमहानगरपालिकाले विगत दुई वर्षमा एक हजार दुई सय कुकुरको बन्ध्याकरण गरेको भए पनि, गत वर्ष यो कार्यक्रम रोकिएको थियो। हालको स्थिति हेरेर मेयरको निर्देशनमा बन्ध्याकरण र भ्याक्सिनेसन कार्यक्रमलाई पुनः सुरु गर्ने तयारी भइरहेको छ।

-Google Ads-

रेबिजबाट संक्रमित भएका पशुहरूमा लक्षण देखिएपछि मात्र यसको पहिचान हुने र धेरै जसो अवस्थामा ढिलो भइसकेको हुन्छ। र्याल, रगत आदिको सम्पर्कबाट रेबिज सर्न सक्ने भएकाले सतर्क रहन चिकित्सकहरुले सुझाव दिएका छन्। साथै, कुकुरको आक्रमणको डरले एक्लै हिँड्न वा बालबालिकालाई एक्लै हिँड्न नदिन आग्रह गरिएको छ।

रेबिजबाट बच्न समयमै भ्याक्सिन सुरु गर्दा रोगबाट बच्न सकिन्छ, तर लक्षण देखिन थालेपछि उपचार असम्भव हुन्छ। यसै कारण, रेबिज लागेको शंका लागेका कुकुर र पशुहरूबाट टाढा रहन आग्रह गरिएको छ। स्थानीयवासीले कुनै पनि असामान्य कुकुर देखिएमा तत्काल उपमहानगरपालिकालाई जानकारी गराउन अनुरोध गरिएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img