Saturday, March 22, 2025
कोशी प्रदेशइटहरीइटहरीमा चक्कु देखाएर दुई लाख लुटपाट गर्ने सात जना पक्राउ

इटहरीमा चक्कु देखाएर दुई लाख लुटपाट गर्ने सात जना पक्राउ

इटहरी | इटहरीमा चक्कु देखाएर लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । गत मंगलबार इटहरी ३ तालतलैयास्थित बाटो छेकेर चक्कु देखाएर लुटपाट गर्ने सात जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीकाअनुसार बाटो छेकेर चक्कु देखाएर दुई लाख लुटपाट गर्नेहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा इटहरी ४ बस्ने २४ वर्षीय विशाल तामाङ, इटहरी १६ बस्ने १८ वर्षीय रिचन खत्री, रामधुनी ३ का २२ वर्षीय अनिश कोइराला, सोही स्थानका १९ वर्षीय सुशन तामाङ, १८ वर्षीय सुनील बस्नेत, १८ वर्षीय निश्चल बस्नेत र रामधुनी ७ बस्ने १८ वर्षीय साकार भण्डारी रहेका छन् ।

उनीहरूलाई प्रहरी निरीक्षक हेमन्त राईको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । साथमा रहेको चक्कु देखाएर स्थानीय अमन भगतलगायतका मानिसलाई नगद दुई लाख रुपैयाँ लुटपाट गरेको डीएसपी कार्कीले बताए ।

पक्राउ परेकाहरूको साथबाट विभिन्न दरका नेपाली नगद ३० हजार दुई सय ५५ रुपैयाँ, चक्कु एक थान, मोटरवाला ओकेटोके हेण्ड सेट दुई थान, ६ थान मोबाइल बरामद गरिएको छ । पक्राउ परेका सातैजनामाथि शुक्रबार जिल्ला अदालत सुनसरीबाट चोरी तथा डाका मुद्दामा म्याद थप गर्ने प्रहरीको तयारी छ । उनीहरूमाथि विभिन्न कोणबाट अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img