हेटौँडा | नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को मकवानपुर शाखा शनिवार औपचारिक रूपमा गठन भएको छ। शाखाको प्रथम अधिवेशनले बेल प्रसाद खतिवडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ, सचिव मनिष अधिकारी र कोषाध्यक्ष किशोर अर्याल रहेका छन्। सदस्यहरूमा सुरज घलान, शिव कुमार श्रेष्ठ, गुण राज थिङ, उमेश हुमागाई र नविन राज सापकोटा निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष खतिवडाले शाखाको स्थापनासँगै मकवानपुरमा शैक्षिक परामर्श क्षेत्रको विकास र विस्तारमा योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले भने, “इक्यान मकवानपुर शाखाको स्थापनाले जिल्लामा शैक्षिक परामर्श सेवालाई थप व्यवस्थित र गुणस्तरीय बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।”
यस नयाँ शाखाको स्थापनाले मकवानपुर जिल्लामा शैक्षिक परामर्श सेवाको गुणस्तर सुधार र विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।