समाजव्यवसायीलाई ‘हनी ट्रयाप’मा फसाएको आरोपमा इटहरीकी भिमादेवी पक्राउ

व्यवसायीलाई ‘हनी ट्रयाप’मा फसाएको आरोपमा इटहरीकी भिमादेवी पक्राउ

इटहरी | ललितपुरको भैंसेपाटी प्रभागभित्रै एक व्यवसायीलाई थुनामा राखेर ३० लाख असुलिएको घटनामा प्रहरीले थप एक महिलालाई पक्राउ गरेको छ ।

इटहरीकी भिमादेवी थापा बिहीबार पक्राउ परेकी हुन् । प्रहरीले यसअघि सुष्मा विक र ताज इस्लामलाई पक्राउ गरेको थियो । बलात्कार मुद्दामा फसाई दिने भन्दै प्रभागकी इन्सपेक्टर बिनुकुमारी शाहीसँग मिलेर उनीहरुले एक व्यवसायीसँग ३० लाख असुली गरेका थिए ।

त्यसमध्ये २० लाख थापाको खातामा जम्मा गरिएको थियो । घटनाको विषयमा उनी जानकार नरहेको र ताजले उनको खाता प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ । कार्यस्थलमा रहँदा विवादित बन्दै आएकी बिनुकुमारीलाई उपत्यका प्रहरीले जिम्मेवारविहीन बनाएको छ ।

घटनाको विषयमा छानबिन समितिसमेत गठन भएको छ । डिएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरी छानबिन अघि बढाइएको ललितपुर परिसरका एसपी नरेशराज सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img