Friday, June 20, 2025
समाजबाढी र पहिरोबाट प्रभावित ८० घरपरिवारलाई राहत

बाढी र पहिरोबाट प्रभावित ८० घरपरिवारलाई राहत

spot_img

बकैया | राप्रपा मकवानपुर जिल्ला कार्यसमितिले बकैया गाउपालिका वडा नम्बर १० मन्थलीमा बाढी र पहिरोबाट प्रभावित ८० घरपरिवारलाई राहत वितरण गरेको छ। शनिबार बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने सहितका जनप्रतिनिधिहरुको रोहोवरमा राहत सामाग्री वितरण गरिएको हो ।

राप्रपा मकवानपुरले बाढी पहिरोबाट प्रभावित ८० घर परिवारलाई चामल, चिउरा, नुन, तेल लगाएतका खाद्यान्न सामाग्री वितरण गरेको थियो ।

-Ads-

राप्रपा मकवानपुरका प्रतिनिधिहरूले विभिन्न प्राकृतिक प्रकोपबाट प्रभावित नागारिकहरुलाई आगामी दिनहरुमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गत असोज ११–१२ गतेको बाढीले बकैया गाउँपालिका वडा नम्बर १० मन्थलीमा ८० घर बगाएको थियो ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img